अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

पोखरा विमान १५ दिनका लागि बन्द

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:३५ मा प्रकाशित

पोखरा विमान स्थलको धावन मार्ग मर्मतका लागि आइतबार देखी दैनिक १५ घण्टा विमानस्थल बन्द गरिने भएको छ । धावन मार्गको विभिन्न स्थानमा चर्किने र गिटिहरु उप्किन सुरु भएपछि मर्मत गर्न लागिएको हो । अपरान्ह ३ बजे देखी बिहान ६ बजे सम्म विमानस्थल मर्मतका लागि बन्द गरिएको पोखरा विमानस्थलका निर्देशक झोला प्रसाद गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अपरान्ह ३ बजे देखी राती १० बजे सम्म धावन मार्ग, पार्किङ क्षेत्र लागतमा काम हुने र राती १० बजे पछि सुकाउने काम गरिने बताईएको छ ।

कालोपत्र गरिएको सबै ठाँउमा सल्ली सिल्क र सिमेन्ट मिसाएको झोल लेपन गर्ने र त्यसो गर्दा उप्किएका गिटि जम्ने र चर्किएको ठाउँमा पनि बन्द हुने गुरागाईले बताउनुभयो । यो प्रविधि प्रयोग गर्दा धावन मार्ग र अन्य क्षेत्रको पिचका आयु ३ वर्ष बढ्ने जनाईएको छ । विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम मन्त्रालयले अगाडी बढाएको हो । प्राधिकरणको योजनाअनुसार १५ दिनमा सबै काम सकिने र धावन मार्ग भन्दा बाहिरको बाटो पिच गर्ने काम भने १ महिना सम्म चल्ने छ । धावन मार्गको मर्मत र थप पिच गर्नका लागि १ करोड ९० लाख खर्च लाग्ने बताईएको छ ।

पोखरा विमानस्थलबाट अहिले दैनिक २ सय ६० उठान हुदै आएका छन् । पोखराबाट दैनिक काठमाडौं, मुस्ताङ, भरतपुर, बुटवल उडान हुदै आएका छन् । पोखराबाट बुद्धएयर, यतिएयर, सिर्मिक एयर, तारा एयर, नेपाल एयरलाइन्स लगाएतका कम्पनीले उठान भर्दै आएका छन् । त्यसै गरि पोखराबाट माउन्टेन फ्लाइटका लागि हेलिकप्टर, अल्ट्रालाइट र जहाजले पनि सेवा दिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू