अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

हट एयर बेलुन’ले बढायो पर्यटकीय आकर्षण

बिआरटीनेपाल २०७५ मंसिर १ गते १९:१४ मा प्रकाशित

पर्यटकीय शहर पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान सुरु गरिएको छ । बेलुन नेपाल प्रालिलेयसको व्यावसायिक उडानसुरु गरेको हो । 
हट एयर बेलुनमा डेढ करोड रुपियाँ लगानी गरिएको प्रालिका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिनुभयो । दुईवटा बेलुन सञ्चालनमा ल्याइएको छ । एउटा बेलुनको मूल्य ६० लाख रुपियाँ परेको निर्देशक महर्जनले जानकारी दिनुभयो ।
नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार रुपियाँ तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाईहट एयर बेलुनमा उडान गराइन्छ । बेलुनले जमिनबाट ५ सय मिटर माथिसम्म उडान भर्ने अनुमति लिएको छ । उडान सुरक्षित हुने बताइएको छ । ‘हट एयर बेलुनलाई नागरिक उडड्यन प्राधिकरणले वायु यन्त्रकै रुपमा मान्यता दिएको छ’, महर्जनजले भन्नुभयो, ‘यसको सञ्चालन खर्च महँगो छ तर सुरक्षित छ ।’बेलुनमा उडान गर्ने यात्रुको २० हजार रुपियाँको विमा हुने जानकारी पनि उहाँल दिनुभयो ।बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान भरी मर्दी खोलाको तीरमा अवतरण गर्नेछ । यो व्यवसायमा २५ जनाले रोजगारी पाएका छन् ।
बेलुन चढेर पोखराको माछापुच्छेअन्नपूर्ण हिमश्रृङ्खलासँगै फेवाताल लगायत मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । हट एयर बेलुन प्याराग्लाइडिङ र हवाइजहाजभन्दा फरक हुन्छ’, निर्देशक महर्जनले भन्नुभयो,‘यसको गति ढिलो हुन्छ । खुला रुपमा दृश्यहरु नियाल्न पाइन्छ । त्यसैले साहसिक पर्यटनका लागि यो नयाँ गन्तब्यबन्ने छ ।
बेलुनस्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग खरीद गरिएको हो । । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइलटल्याइएको छ । नेपालमै पाइलट उत्पादन गर्न छिट्टै तालिम शुरु गरिने जानकारी पनि उहाँले दिनुभयो ।
साहसिक खेलसँगै भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जीजम्प गराउने योजना रहेको प्रालिले जनाएको छ । प्रालिले चितवन र लुम्बिनीमा हट एयर बेलुन सञ्चालनका लागि अध्ययन पनि गरिरहेको छ । पोखरामा यसअघि साहसिक खेलको रुपमा प्याराग्लाइडिङ, बन्जीजम्प, अल्ट्रालाइट, जीप फ्लाएर, रकक्लाइम्बिङ, क्यानोइङ सञ्चालनमा छन् ।
शनिवारबाट व्यावसायिक उडान सुरु गरिएको हट एयर बेलुनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न हट एयर बेलुन नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटकलाई आकर्षित गर्न नयाँ नयाँ गन्तव्य ल्याउनुपर्ने बताउँदै उहाँले प्रदेश सरकारले पाँच वर्षमा २४ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यस्ता पर्यटकीय गन्तव्यले सहयोगी भूमिका खेल्ने बताउनुभयो । उहाँले पोखराका ताल संरक्षणका लागि ताल विकास प्राधिकरण गठन गर्ने योजनामा प्रदेश सरकार रहेको पनि बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले पोखरालाई साहसिक पर्यटनको गन्तब्य स्थल बनाउन हट एयर बेलुन भित्रिएको बताउँदै यसलाई व्यवस्थित र दिगो रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नाटा पोखराका अध्यक्ष सन्तोष पोखरेलले पोखरामा साहसिक गतिविधि आवश्यक रहेको बताउँदै यसलाई दीर्घकालीन रुपमा संचालन गर्नुपर्ने खाँचो आैल्याउनुभयो ।गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू