अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

सरकारले चाँडै नै जनअपेक्षा अनुरुप काम गर्ने – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ मंसिर १ गते ६:५३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै नै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । दोलखामा आजदेखि शुरु प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अव छिट्टै सरकारको कामले गति लिनेपनि बताउनुभयो ।

यसअघि, सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा पनि उहाँले सरकारले अहिले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले अवको चरणमा जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो ।

एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एकीकरण पछिका सबै पार्टी कमिटीले पूर्णता पाउने पनि जानकारी गराउनुभयो । नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिने समेत अध्यक्ष प्रचण्डको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू