अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

विश्व बैंकको डुइङ विजनेस रिपोर्टमा नेपालको आपत्ति

बिआरटीनेपाल २०७५ मंसिर १ गते ३:१४ मा प्रकाशित

केही समय अघि विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेस रिपोर्टको सूचकमाथि नेपालले आपत्ति  जनाएको छ । करको फाइलिङको सानो समस्यालाई देखाएकै पटक ५ स्थान तल झारिएको र यो स्वभाविक नभएको भन्दै सरकारका अर्थमन्त्री युवराज खतिवडाले आपत्ति जनाउनुभएको हो । विश्व बैंक समक्ष यस बिषयमा प्रश्न उठाएपछि रिभ्यूको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाका अनुसार सरकारले प्रश्न उठाएपछि विश्व बैंकले परिमार्जनका लागि मिसन पठाउन लागेको छ । सातौं राष्ट्रिय कर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले लोक कल्याणकारी राज्यमा कर तिर्नपर्छ भनेर कडाइ गर्दा सूचक मूल्यांकन नै अस्वभाविक पार्न नमिल्ने बताउनुभयो । विश्व बैंकले नेपालमा कर तिर्ने समय र लागत झनै बढेको र यसले गर्दा अघिल्लो वर्षको तुलनामा व्यापार गर्ने वातावरण झनै बिग्रेको उल्लेख गरेको छ ।

व्यापार गर्ने सहजताको सूचकमा नेपाल ५ स्थान तल झरेको थियो । नेपालमा कर प्रणाली सुधारको क्रममा रहेको र स्वच्छ र पारदर्शी प्रणाली स्थापना गर्न कुनै कसर बाँकी नराखिने मन्त्री खतिवडाको भनाइ छ ।

प्रतिक्रिया