अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

देशभरका कपडा उद्योगी आन्दोलित, शनिवारदेखि ७ दिन कपडा उद्योग बन्द

बिआरटीनेपाल २०७५ मंसिर १ गते २:३४ मा प्रकाशित

कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन् । सरकारले ल्याएको आर्थिक ऐन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र लाल प्रधानले मंसिर ७ गतेसम्म कपडा उद्योगहरु पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयो । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा उद्योग बन्द गर्नुपरेको उद्योगीहरुको भनाइ छ ।

गत असोज १३ गते संघले सरकारलाई नीति सच्चाउनका लागि मागपत्र दिएको थियो । सरकारसँग बारम्बार छलफल गर्दा पनि कुनै निकास नदिएको भन्दै देशभरका उद्योग वन्द गरिएको हो । कपडा उद्योगमा मुलुकमा १० अर्ब बराबरको लगानी रहेको छ ।
यसैवीच, उद्योगीहरुको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि समर्थन गरेको छ । ती संस्थाका पदाधिकारीहरुले सरकारको निति समृद्धि भएपनि नारा अनुसार सरकारले काम गर्न नसकेको बताएकान छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू