अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

भारतीय गृहमन्त्री सिंहकोे जनकपुर भ्रमण रद्द, मुख्यमन्त्री योगी आउने

बिआरटीनेपाल २०७५ मंसिर १ गते २:१२ मा प्रकाशित

भारतीय गृहमन्त्री राजनाथ सिंहको आसन्न जनकपुर भ्रमण रद्द भएको छ । सिंह आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीको अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुर आउने कार्यक्रम थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने कार्यक्रम स्थगित भएपछि गृहमन्त्री सिंह जनकपुर आउने निश्चित भएको थियो । तर उहाँ पनि नआउने निश्चित भएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यद्यपी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुने जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । गृहमन्त्री सिंह नआउने भएपनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम यथावत रहेको उहाको भनाइ छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीले जनकपुरमा आएर गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू