अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निष्कर्ष

बिआरटीनेपाल २०७५ मंसिर १ गते २:०५ मा प्रकाशित

पत्रकार जमाल खासोग्गीको हत्या साउदी युवराजको निर्देशनमा भएको सीआईए ले निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर निकाय (सीआइए) , साउदी पत्रकार जमाल खशोग्जीको हत्याका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको निष्कर्षमा पुगेको अमेरिकी सन्चारमाध्यमले जनाएका हुन् । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो ।

टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्जीको हत्या भएको थियो । साउदी युवराजका कट्टर आलोचक मानिने खशोग्जीको हत्या उनको स्वीकृतिबिना सम्भव नभएको उनीहरुको बुझाइ छ । तर, साउदी अरबले भने यो दाबी झुटो भएको भन्दै खशोग्जी हत्याको योजनाबारे युवराजलाई कुनै जानकारी नभएको जनाएको छ । सुरुमा उनको अवस्थाबारे जानकारी नभएको बताउँदै आएको सायदी सरकारले चर्को दबाबपछि भने खशोग्जीको मृत्यु भएको र खराब नियत भएका ‘एजेन्ट’ले हत्या गरेको जनाएको थियो । तर, अझै उनको शव फेलापर्न सकेको छैन ।

टर्कीले उनको हत्या उच्च तहबाट भएकोमा जोड दिँदै आएको छ । यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले खशोग्जीको हत्यामा संलग्नलाई न्यायको कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू