अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ११ घाईते

बिआरटीनेपाल २०७५ मंसिर १ गते १:४७ मा प्रकाशित

डडेल्धुराको भागेश्वरमा शनिवार विशान भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । स्थानिय बोकटाबाट सदरमुकाम जादै गरेको जिप दुर्घटनामा अन्य ११ जना घाईते भएका छन् । शनिबार बिहान ११ बजेतिर भागेश्वर–४ लाकममा म १ ज १८० नम्बरको जीप सड्कबाट १ सय ५० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका-३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते ११ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । उनीहरुलाई उपचारका लागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा लगिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू