अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

काठमाडौंमा चल्ने माइक्रो बसका चालक र सहचालकले आजदेखि अनिवार्य फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

बिआरटीनेपाल २०७५ मंसिर १ गते १:३६ मा प्रकाशित

काठमाडौं उपत्यकाभित्र चल्ने माइक्रो बसका चालक र सहचालकले आजदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला रंगको र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । यस्तै माइक्रो बसको अगाडि र पछाडि गन्तव्य रुट सहितको प्लेट पनि राख्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ । गत भदौ ६ गतेदेखि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको ट्राफिक महाशाखाले आजदेखि माइक्रोका चालक र सहचालकका लागि अनि अनिवार्य गरेको हो ।

फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा सहचालकलाई पहिलो पटक सम्झाइबुझाइ गर्ने तर त्यसपछि पनि नमाने जरिवाना गरिने महाशाखाले जनाएको छ । फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू