अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

इन्टरपोलको ८७ औं महासभामा भाग लिन आईजीपी खनाल दुबईमा

बिआरटीनेपाल २०७५ मंसिर १ गते १:३२ मा प्रकाशित

अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल दुबई पुग्नुभएको छ । आइतबारदेखि दुबईमा शुरू हुने अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को ८७ औं महासभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगाएतका अन्य प्रहरी अधिकारीहरू शनिवार विहान दुबई पुगेको जनाईएको छ ।

खनाल लगायत अन्य प्रहरी अधिकारीहरूलाई दुबई अन्तराष्ट्रिय बिमानस्थलमा एनआरएन युएईका पदाधिकारीहरूले स्वागत गरेका थिए । ४ दिनसम्म चल्ने उक्त महासभामा १ सय ९२ देशका प्रतिनिधिहरूको सहभागिता रहने छ । महासभामा अन्तराष्ट्रिय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथाम साथै अन्य अपराधको विषयमा छलफल हुने बताइएको छ ।

नेपालले पनि सुरक्षाका विषयमा प्रस्तावहरु सभामा राख्ने आईजीपी खनालले बताउनुभयो । सभाले इन्टरपोलको नयाँ अध्यक्ष समेत चयन गर्नेछ बताईएको छ । यसैवीच, आईजीपी खनाल आगामी शुक्रबार देरा दुबईको काल्टन टावर होटलमा आयोजना हुन गइरहेको एनआरएन युएईको बार्षिक उत्सब कार्यक्रममा बिशेष अथितिको रूपमा उपस्थिति हुने र विभिन्न बिषयमा अन्तरक्रिया गरिने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । आईजीपी खनाल दुबई भ्रमण पुरा गरी मंसिर ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू