अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

मुलुकका पाँचवटा क्षेत्रमा पर्याप्त लगानी भए आर्थिक वृद्धि सहज हुने

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:४० मा प्रकाशित

नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने एक अध्ययनले देखाएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको नवीनतम अध्ययनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाएर प्राथमिकताका ती पाँच क्षेत्रमा पर्याप्त लगानी भएमा ६ प्रतिशतको आर्थिक वृद्धि असम्भव नहुने देखाएको हो ।

‘नेपालमा बजार सृजना’ नामक प्रतिवेदनले संस्थागत सुधार एवं सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा स्वदेशी–विदेशी लगानीका बाधा हटाएर निजी क्षेत्रलाई विश्वासमा लिई अघि बढेमा आर्थिक विकासको बाटोमा अग्रसर हुन सहज हुने पनि निष्कर्ष निकालेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक–निजी साझेदारीबाट नै आर्थिक वृद्धिका लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग् साफेरले नेपालको विकासका निम्ति भारी लगानी आवश्यक रहेको यथार्थ सुनाउँदै भौतिक पूर्वाधार निर्माणबाटै समृद्धितर्फको यात्रा सहज एवं सम्भव हुने बताउनुभयो । कार्यक्रममा बैंकका देशीय निर्देशक चिम्याओ फ्यान, अन्तर्रा्ष्ट्रिय वित्त निगमका देशीय व्यवस्थापक विन्डी जो वेर्नर, दक्षिण एशियाका लागि क्षेत्रीय अर्थशास्त्री भोल्कर ट्रेचेलले प्रतिवेदनका विशेषताबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू