अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

चुनाव घोषणा गर्ने अधिकार आयोगलाई दिन प्रमुख निर्वाचन आयुक्त यादवको माग

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:३३ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन सरकारसंग माग गर्नुभएको छ । ललितपुरमा शुक्रबार भएको निर्वाचन पर्यवेक्षण प्रतिवदेन सार्वजनिक कार्यक्रममा बोल्दै यादवले सरकारले हतारमा गरेको निर्वाचनको निर्णयले आयोगलाई काम गर्न कठिन हुने बताउनुभयो । यसको विकल्पमा सरकारले एक दुई बर्ष अगाडि नै सरकारले निर्वाचनको मिति घोषणा गरे आयोेगलाई काम गर्न सजिलो हुने उहाको भनाई थियो । आयोगले पटक पटक यो विषय उठाउँदै आएको यादवले बताउनुभयो । उहाँले निर्वाचन सम्बन्धी कानुन संशोधनका लागि मस्यौंदा तयार पारेर पठाएको पनि जानकारी दिनुभएको छ ।

कार्यक्रममा वोल्दै निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले गएको बर्ष भएको निर्वाचनमा फोटो सहितको मतदाता परिचय पत्र बनाएपनि धाँधलीपूर्ण रुपमा मतदान भएको बताउनुभयो । आफूले निर्वाचन परिवेक्षणका क्रममा आँखा देख्ने महिलाहरुको आँखामा पट्टी बाँधेर एकै व्यक्तिले २० जनासम्मको मतदान गरेको पाएको उपे्रतीको भनाई थियो ।
कार्यक्रममा बोल्दै राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले नेपालको निर्वाचन प्रणालीनै फेर्नुपर्ने उल्लेख गर्नुभयो ।े प्रत्यक्ष निर्वाचन प्रणालीमा इमान्दारिताको राजनीति गर्नेहरु नअटाउने भन्दै धन र डन प्रयोग गर्न सक्नेहरुनै माथि पुग्ने गरेको उहाको भनाई थियो ।

कार्यक्रममा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक र आम निर्वाचन पर्यवेक्षण समिति नेपाल जियोकले संयुक्त रुपमा गरेको निर्वाचन पर्यवेक्षण प्रतिवदेन कार्यक्रममा संकल्पकी अध्यक्ष लिली थापा, महासचिव शोभा बस्नेत, जियोकका महासचिव कृष्णमान प्रधान, नियोकका महासचिव डा.गोपालकृष्ण शिवाकोटी, राष्ट्रिय महिला आयोगका सहसचिव युवराज सुवेदी, नर्वेजियन दुतावासकी प्रथम सचिव भिभियान ओप्सभिक, नियोगका अध्यक्ष सुर्यप्रसाद श्रेष्ठले गत बर्ष भएका निर्वाचनको अवस्थाबारे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू