अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

नेपाली र चिनियाँ महिला उद्यमीबीच सहकार्य हुने

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:२४ मा प्रकाशित

नेपाल र चीनका महिला उद्यमीहरुवीच व्यापारिक प्रयोजनको लागि सहकार्य हुने भएको छ । नेपाली महिला उद्यमीहरुले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका हुन् । नेपाल महिला च्याम्बर अफ कमर्स र चिनियाँ महिलाहरुको एक व्यापारिक संस्थाबीच राजधानीमा आयोजित अन्तरक्रियामा नेपाली महिला उद्यमीले राजनीतिक अस्थिरता अन्त्य भएसँगै लगानीको वातावरण बनेकाले नेपालमा लगानी ल्याउन चिनियाँ उद्यमीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल वुमन च्याम्बरकी अध्यक्ष डा. अञ्जान शाक्यले नेपाली महिला व्यवसायीको क्षमता अभिवृद्धिका साथै महिला उद्यमशीलता बढाउन चिनियाँ महिला उद्यमीसँग सहकार्य गर्न चाहेको बताउनुभयो । जवाफमा चिनियाँ महिला उद्यमीहरुको संस्था मुलान पावर फाउण्डेशनकी प्रतिनिधि ली होंग मेले उद्यमशीलता क्षेत्रमा नेपाली महिलाहरुको सहभागिता र उत्साह देखेर खुसी लागेको बताउनुभयो । उहाँले दुई मुलुकका महिला उद्यमीबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख समेत गर्नुभएको छ ।
नेपाली महिला उद्यमीलाई प्रवद्र्धन गर्न आफूले चिनियाँ सरकारका सम्बद्ध निकायसँग समन्यव गर्ने मे को भनाई थियो । नेपालको कृषि क्षेत्रमा महिला सहभागिता राम्रो रहेको चर्चा गर्दै उहाँले कृषिक्षेत्रबाट महिला उद्यमीले प्रशस्त लाभ उठाउन सक्ने सम्भावना औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू