अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

प्रधानमन्त्रीको फोटो बिगार्ने नेविसंघका कार्यकर्ता साधारण तारेखमा रिहा

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:२२ मा प्रकाशित

कुकुर तिहारको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस निकट नेवि संघका कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् । काभ्रेको स्थानीय तपेश्वर माविको नेवि संघ इकाइका अध्यक्ष कृष्ण ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी साइवर अपराधमा मुद्दा चलाएको थियो ।

शुक्रवार काठमाण्डु जिल्ला अदालतले ढकाललाई साधारण तारेखमा रिहा गरेको हो । साधारण तारेखमा रिहा भएका ढकाललाई स्वागत गर्न नेवि संघ अध्यक्ष नैनसिंह महर लगायत नेता कार्यकर्ता काठमाण्डु जिल्ला अदालत पुगेका थिए । ढकाल पक्राउ विरोधमा कांग्रेस निकट नेवि संघले देशैभर आन्दोलन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत दहन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू