अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

उत्तर कोरियाद्धारा अत्याधुनिक हतियार परिक्षण, सर्वोच्व नेता किमले गरे निरिक्षण

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:१८ मा प्रकाशित

उत्तर कोरियाले हालसालै विकसित गरिएको अत्याधुनिक हतियारको परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण भएको जनाएका छन् । परीक्षण गरिएको हतियार के हो र कस्तो छ भन्नेबारे खुलाइएको छैन । तर यो हतियार निकै रणनैतिक भएको र किमका बुवा किम जोङ इलले नै बनाउन भनेको बताइएको छ ।

त्यसको परीक्षणका बेला किमले आफ्ना बुवालाई सम्झेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।
यो वर्षको सुरूमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँग सीमावर्ती गाउँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा भएको शिखर वार्तापछि किम पहिलो पटक हतियारको परीक्षणमा उपस्थित हुनुभएको छ । दक्षिण कोरिया र अमेरिकासँगका शिखर वार्तामा उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने र पूर्ण अनआणविकीकरण हुने वचन दिएको थियो । आफ्नो देशमा भएका आणविक भट्टीमा अन्तर्राष्ट्रिय विज्ञलाई हेर्न दिन पनि उत्तर सहमत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू