अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 16:08

सुकुम्बासीका नाममा गलत गर्नेलाई नेकपा विप्लवले कार्वाही गर्ने

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:१६ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भुमीहीन(सुकुम्बासीका नाममा गलत काम गर्नेलाई कारवाही गर्ने घोषणा गरेको छ । जग्गा मिलाइदिने प्रलोभन देखाएर भुमीहीन(सुकुम्बासीसंग जथाभावी पैसा उठाउने प्रबृत्ति बढेपछी पोखरामा आयोजित एक कार्यक्रममा नेकपा निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष समेत रहेका पार्टी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भूमिहीन(सुकुम्बासीका नाममा गलत काम गर्ने जो कोहीलाई कारवाही गर्ने घोषणा गर्नुभयो ।

देश र जनताका पक्षमा लडीरहंदा राज्यपक्षको गिरफ्तारीमा परेको भन्दै अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कास्कीले केन्द्रिय अध्यक्ष रहेका नेकपा नेता पुनलाई एक कार्यक्रम गरी अभिनन्दन गरेको थियो । सोही कार्यक्रममा बोल्दै नेता पुनले सुकुम्बासी बिरोधी गतिबिधि नगर्न र सुकुम्बासीहरुको पक्षमा काम गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले अन्य समुहसंग मिलेर सुकुम्बासी बस्तीमा जाने, पैसा उठाउने र ब्ल्याक्मेलिंग गर्ने जस्ता सुकुम्बासी बिरोधी गतिबिधी गर्ने जो कोहीलाई कारबाही गरिने कडा चेतावनी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी आक्रोशले बिगतमा कास्कीका एक(दुई ठाउँमा पार्टी र संगठनलाई जानकारी नदिई पार्टी र संगठनको नीति विपरीत सुकुम्बासी बस्ती बसाल्दा सरकारी दमन सहनु परेको जिकिर गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीका सदस्य एवं अन्नपुर्ण गाउपालिकाका इन्चार्ज परिवर्तनले नेकपाका कुनै पनि नेता तथा कार्यकर्ताले नैतिकता गुम्ने गरी भ्रस्टसंग मिल्ने गरी कदापि सम्झौता नगर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू