अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

निर्मला हत्या प्रकरण – थप चारजनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:०४ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद ठानिएका चार जनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डिएनए नमुना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालबाट आएको डिएनए रिपोर्ट निर्मलाको भजाइनल स्वाबमा रहेको डिएनएसँग नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभएको छ । शंकास्पद सबै स्थानीय हुन् । उनीहरुको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रहरी नायव उपरीक्षक ओझाले अनुसन्धानका क्रममा थप अरु कसैमाथि शंकाको अवस्था आए फेरि पनि डिएनए परीक्षण गर्न सकिने बताउनुभयो । यसअघि, प्रहरीले तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरेको थियो । उनीहरुको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो । यसैगरी, अनुसन्धानका क्रममा दिलिप सिंह विष्ट र चक्रदेव बडुको समेत डिएनए पनि परीक्षण गरिएको थियो ।

यसैवीच, , निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी भने न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहनुभएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ३ महिना बितिसक्दा पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । पछिल्लो समय धर्नामा बसेका निर्मलाका बाबु आमाको स्वास्थ्य अवस्था बिग्रंदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू