अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड मंसिर १ गते

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १८:४१ मा प्रकाशित

अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नारा सहित राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंले बिगतका बर्षहरुमा झै यस बर्ष पनि राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ सम्पन्न गर्ने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौले बिगत ५ बर्ष देखि रास्ट्रीय लोक दोहोरी अवार्ड सम्पन्न गर्दै आइरहेको कुरा सबैलाई जानकारी नै छ । सोही कार्यलाई निरन्तरता दिनलाई यस अवार्डको छैठौं संस्करण गर्न लागिएको हो।

यस बर्ष विभिन्न ३२ वटा बिधामा अवार्ड बितरण हुने भएको छ । यहि मंसिर १ गते शनिबारका दिन प्रज्ञा प्रतिस्ठान, कमलादी, काठमाडौमा दिउँसो ठिक १ बजे राष्ट्रिय लोक दोहोरी अवार्ड छैठौं संस्करणको मनोनयन सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानले हरेक बर्ष अवार्ड कार्यक्रमलाई कलाकारहरुको चाडपर्बको रुपमा जस्तै लिने गरेको जानकारी गराउदै रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५ को मनोनयन सार्वजनिक कार्यक्रम र अवार्ड बितरण कार्यक्रमलाई भब्य सभ्य रुपले सम्पन्न गराईदिनुका साथै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरिदिनका लागि रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले अनुरोध गरेका छन् ।

यस अवार्ड कार्यक्रममा उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने यस अन्तर्गत रहेका ९ वटा समिती सह आयोजकको रुपमा रहने छन् ।

प्रतिक्रिया