अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

प्रधानमन्त्री ओलीकी साली गायिका अञ्जान शाक्य ईजायलका लागि राजदूत सिफारिस

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ७:५० मा प्रकाशित

नेपाल सरकार मन्त्रीपरिषद् वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकी साली तथा गायिका अञ्जान शाक्यलाई ईजायलका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । विहीवार संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री गोकुलप्रसाद वास्कोटाले इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने वैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएको थियो । कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने अधिकांशले आश्चर्य जनाएका छन् ।
राजदूतमा सिफारिस हुनुभएका शाक्य यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो साधै आफू भन्दा भन्ने राष्ट्रिय चर्चित गीतकी गायिका हुनुहुन्छ । उहाँ प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित ) का सांसद अजयक्रान्ति शाक्यका पत्नी समेत हुनुहुन्छ । नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बन्नुभएको हो । नाताले शाक्य प्रधानमन्त्री ओलीकी ‘साली’ हुनुहुन्छ ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ओलीको ‘किचन क्याबिनेट’ की सदस्य हुनुहुन्थ्यो ।त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सक्नुभएको थिएन । नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा कुनै समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि शाक्यको जागिर गुमेको थियो । स्मरणीय छः शाक्य नेकपाको पार्टी संगठनमा भने कहिं कतै क्रियाशील रहनुभएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू