अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

नेपाली राष्ट्रिय महिला फुटवल टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ७:३७ मा प्रकाशित

सन् २०२० को ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ । टिम पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको हो । टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा गत मंगलबार सम्पन्न बंगलादेशविरुद्धको खेलमा १–१ को नतिजा निकालेर पनि नेपालले समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने चार टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू