अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

मेक्सिकोमा पनि कुकुर तिहार मनाउने प्रचलन वढ्दो

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ४:२६ मा प्रकाशित

नेपालीहरुको दोश्रो ठुलो पर्व तिहार अन्तर्गत यमपञ्चकको दोश्रो दिन कुकुर तिहार मनाउने प्रचलन नेपालमा कुनै नौलो कुरा हैन तर, मेक्सिकोमा पनि कुकुर तिहार मनाईन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । पछिल्लो समय मेक्सिकोमा पनि कुकुर तिहार मनाउने प्रचलन वढ्दै गएको छ ।

मानिसप्रति सवैभन्दा वफादार जनावर कुकुरको सम्मान र अधिकारको लागि भन्दै त्यहाँका पशु अधिकारवादीहरुको पहलमा कुकुर तिहार मनाउने गरिएको हो । मानिस र पशु वीचको प्राकृतिक सम्वन्धलाई थप प्रगाढ वनाउन तथा पशु प्रतिको मानवियताको भावनालाई विस्तार गर्ने उद्धेश्यले मेक्सिकोमा सन् २०१६ देखि कुकुर तिहार मनाउन थालिएको हो । शुरुका दिनमा औपचाकितामा सिमित कुकुर तिहार अहिले भने पुरा मेक्सिकोभर संस्कृतिको रुपमा विकाश भएको छ । कुकुर तिहार मनाउँदा मेक्सिकोमा पनि कुकुरप्रति श्रद्धा एवं भक्ति दर्शाउदै आकर्षक लुगा, माला र टिका लगाईदिने तथा मिठो खाना खुवाउने गरिन्छ ।

अव नेपालीहरुको यो मौलिक पर्व नेपाल र मेक्सिकोमा मात्रै नभई भारत, श्रीलंका, मलेसिया, बर्मा, सिंगापुर,मौरिसस, गुयना, ट्रिनिडाड एण्ड टोवागो, सुरिनाम र फिजी लगायतका देशहरुमा समेत लोकप्रिय वन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू