अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपरेको नेकपा अध्यक्ष प्रचण्डको खुलासा

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:४१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन एकिकृत नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको खुलासा गर्नुभएको छ । बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलामा वोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले तत्कालीन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गर्न खोजिएको खुलासा गर्नुभएको हो । ‘एमालेसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै संघर्ष गर्ने प्रयास असफल भएपछि माओवादी जनयूद्धमा प्रवेश गरेको उहाको भनाई थियो ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उल्लेख गर्दे उहाँले नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसँग एकताको प्रयास भए पनि एकता अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान जाँदा पार्टी एकताको प्रयास असफल हुन पुगेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध सुरु भएका पाँचबर्षमै नेकपा एमालेसँग पटकपटक गोप्य वार्ता भएको स्मरण गर्दै जनयुद्धमा पनि धेरै सहकार्य हुने गरेको जानकारी गराउनुभयो ।

यसैबीच , अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको भन्दै त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रचण्डले सरकार र निजी क्षेत्र बीच सुमधुर सम्बन्ध विकास हुनपर्ने आवश्यकता औल्याउनुभएको थियो । विकास निर्माणलाई गति दिन नेपालका धेरै कानुन परिमार्जन गर्न जरुरी देखिएको उहाको भनाई थियो । वर्तमान सार्वजनिक खरिद ऐनका प्रावधानले पूर्वाधार निर्माणलाई सिथिल बनाएको उहाँको दाबी थियो। कामका लागि विदेसिने प्रवृतिले राष्ट्रब्यापीरुपमा साँस्कृतिक र पारिवारिक विचलन ल्याएको भन्दै राष्ट्रिय रोजगारी बृद्दिका लागि सरकार निजीक्षेत्र सहकार्यमा ढिलाई गर्नु नहुने प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू