अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

पत्रकारमाथि दुर्व्यवहारका घटना बढेकोप्रति सरोकारवालाहरुको चिन्ता

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:३३ मा प्रकाशित

नेपालमा लोकतन्त्र स्थापनापछि पनि पत्रकारमाथि दुर्व्यवहारका घटना बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बुधबार फ्रीडम फोरमले पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले पत्रकारमाथि हुने दुर्व्यवहारले अरु क्षेत्रलाईसमेत असर र्पुयाएको बताएका छन् ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पत्रकारिताको आडमा अरु गतिविधि नगर्न पत्रकारलाई सुझाव दिनुभयो । कार्यक्रममा पत्रकारहरुले दुर्व्यवहार र कुटपिटका घटना बढेका कारण खोजी पत्रकारिता गर्न अप्ठ्यारो भएको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिता जोखिम पेसा भएकाले सजग भएर व्यावसायिकरुपमा कलम चलाउन आग्रह गर्नुभयो । नेपालमा समाचार लेखेकैभरमा सशस्त्र द्वन्द्वयता हालसम्म २३ जना पत्रकार मारिएका छन् । गन्डकी प्रदेशमा पछिल्ला दुई वर्षमा १२ जना पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहारका घटना भएको सो अवसरमा जानकारी गराईउको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू