अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

सरकार सिन्डिकेट हटाउन सक्रिय – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:१३ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले सरकार यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन लागिपरेको बताउनुभएको छ । म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको बुधबार बेनीमा शुभारम्भ गर्दै मन्त्री थापाले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायतको क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले मुठ्ठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेकाले सबैलाई समान अवसर सिर्जना गर्न एकाधिकार तोड्न जरुरी रहेको स्पस्ट पार्नुभयो । उहाँले सिन्डिकेट पूर्णरुपमा हट्नेमा ढुक्क हुन सवैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू