अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

अलि दिनको बिछोड पनि

राकेश कार्की, लस एन्जलस २०७५ कार्तिक २७ गते १९:१५ मा प्रकाशित

गीत

अलि दिनको बिछोड पनि
खाली भएँ जाँदा खेरि
प्रियालाई नै सम्झिरहेँ
एक गाँस खाँदा खेरि

सधैँ सधैँ म सँग
कुरा गरिरहन्थ्यौ
म बोल्थे आधा तिमी
पूरा गरिरहन्थ्यौ
घरी यहीँ भए जस्तो
छैनौ छुँदा खेरि
प्रियालाई नै सम्झिरहेँ
एक गाँस खाँदा खेरि

अलि दिनको बिछोड पनि
खाली भएँ जाँदा खेरि

भोलि नहुन्जेल तालमा
लहराइरह्यो चाँद
नफर्कुन्जेल सम्म अब
आउने भयो याद
मेरो संसार रमाइलो
तिम्रै वरिपरि
प्रियालाई नै सम्झिरहेँ
एक गाँस खाँदा खेरि

अलि दिनको बिछोड पनि
खाली भएँ जाँदा खेरि
प्रियालाई नै सम्झिरहेँ
एक गाँस खाँदा खेरि

प्रतिक्रिया