अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

नेपाली सङ्घीय समाज अमेरिका द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते १७:४६ मा प्रकाशित

न्यु योर्क/ नेपाली सङ्घीय समाज अमेरिकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम न्युयोर्कमा नोभेम्बर ११, मा सम्पन्न भएको छ ।नेफेसो अध्यक्ष समीर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनजाति आन्दोलनका अगुवा आदरणीय व्यक्तित्व स्व पद्म रत्न तुलाधर को योगदानको चर्चा गर्दै उहाँको सम्मान मा एक मिनेट मौन धारण गरिएको थियो ।

नेपालीहरूको माहान चाडपर्वहरू, दसैँ, तिहार/वलिहांग तंनाम्, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्युयोर्कका उपमहावाणिज्य दूत कृशु क्षेत्रीले यसरी हामी नेपालीहरूको चाडपर्वहरू मनाउनाले हाम्रो संस्कृतिहरूको संरक्षण, प्रचार हुनका साथ हामीले गर्व महसुस गरिने बताउनु भयो । उक्त कार्यक्रममा एनआर एन अमेरिका का महासचिव बाबुराम लामा, फिप्नाका महासचिव प्रेम गुरुङ , हिमालयन बुद्दीष्ट कम्युनिटीका अध्यक्ष छेवक दोर्जे गुरुङ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लोक्यान लामा, किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपेश लिम्बु, मगर सङ्घ अमेरिकाका अध्यक्ष कुलदिप राना, डुक्पिया किदुकका अध्यक्ष लाक्पा शेर्पा, युनाईटेट किराँत राई अर्गनाईजेसन न्यु योर्क च्याप्टर अध्यक्ष केशवराम राई, शेर्पा किदुक का अध्यक्ष उर्गेन शेर्पा, वालिङ कम्यूनिटीका अध्यक्ष दावा छिरिङ लामा, नेपाली अमेरिकन कलाकार सङ्घ अध्यक्ष सुमन मगर, प्रवासी मञ्च अमेरिकाका वरिष्ठ उपाध्यक्ष टेक गुरुङ, एनआरएन बोर्ड अफ डायरेक्टर सञ्जय थापा, जनमञ्च अमेरिकाका अध्यक्ष अग्नि राई, नेवा गुठी न्यु योर्क अध्यक्ष निर्मल प्रधान, सुनुवार समाज अमेरिका उपाध्यक्ष मोहन सुनुवार, शेर्पा किदुक महासचिव टेन्डी शेर्पा, प्रवासी मञ्च न्यु योर्क अध्यक्ष अर्जुन सिंह, तामाङ सोसाइटी न्यु योर्क च्याप्टर अध्यक्ष गोमा योञ्जन तामाङ, नेफेसो सल्लाहकार पार्वती थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

न्युयोर्कको क्वीन्स स्थित ज्याकसनहाईटमा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवाहरू तथा नेफेसो अमेरिकाका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सभापतिको हैसियतले नेफेसो अमेरिकाका अध्यक्ष समीर महर्जनले हाम्रो नेपाली संस्कार, संस्कृति, परम्परा, रितिरिवाजहरूलाई विदेशी भूमिमा पनि हर्षोल्लासका साथ मनाउँदै हाम्रो पहिचान जोगाउने काम भएकोमा खुसी व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई महासचिव मनोज सिंहले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव लोक चेम्जोङले गर्नुभएको थियो ।

प्रतिक्रिया