अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

सिएनएन द्धारा ट्रम्प प्रशासन विरुद्ध मुद्धा दायर

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ९:१९ मा प्रकाशित

अमेरिकी समाचार संस्था सिएनएनले राष्ट्रपति डोनल्ड ट्रम्प सहित उहाँका सहयोगीहरु विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । आफ्ना प्रमुख ह्वाइट हाउस सम्वाददाता जिम अकोष्टालाई ह्वाईट हाउस प्रबेशमा लगाईएको प्रतिबन्धका विरुद्ध उसले वासिङटन डिसी स्थित जिल्ला अदालतमा मुद्धा दायर गरेको हो । सिएनएन द्धारा दायर गरिएको मुद्धामा अकोष्टाको ह्वाईट हाउस सम्मको सहज पहँुचलाई पुनः बहाल गर्न माग गरिएको छ ।

गत हप्ता ह्वाईट हाउसले सम्वाददाता जिम अकोष्टाको प्रवेश पासलाई रद्ध गरेसंगै सिएनएन अदालत गएको हो । सिएनएनले मंगलवार जारी गरेको प्रेस वक्तव्यमा यथाशीघ्र अदालतको प्रारम्भिक सुनुवाईको अपेक्षा गर्दै अकोष्टाको प्रवेश पास पुनः जारी गरि भविष्यमा रद्ध गर्ने वातावरण आउन नदिन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू