अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

सूर्यदेवको आराधना गरी छठ पर्व मनाईयो

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ८:२२ मा प्रकाशित

सूर्य उपासनाको महापर्व छठ मंगलबार अस्ताउँदो सूर्य देवलाई अर्घ दिई मनाइएको छ । छठ पर्वका अवसरमा भक्तजन तथा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन् । छठकै अवसरमा मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले समेत सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गर्नुभयो । राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे काठमाण्डौंको कमलपोखरी पुगेर पूजाअर्चना गर्नुभएको हो । 

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक मनाईएको हो । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवतरुपमा सम्पन्न हुने गर्दछ ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अघ्र्य दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू