अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

विश्व चर्चित अमेरिकी लेखक स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ८:१० मा प्रकाशित

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । लस एन्जलसस्थित सिडर–साइनाई मेडिकल सेन्टरमा उहाँको निधन भएको हो । पछिल्ला वर्ष उहाँ निमोनियासहितका विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । ली अमेरिकाका लेजेन्ड लेखक, प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका लीलाई विश्वभरका कमिक बुक लभरले मनपराउँने गर्दछन् ।

ली ले सिर्जना गरेका धेरै पात्र हलिउडका सफल पात्र र चलचित्र बनेका छन् । स्पाइडर म्यान, द इनक्रेडेबल हल्क, ब्ल्याक प्यान्थर, द एक्स–म्यान, द माइटी थोर, आइरन म्यानसहितका जीवन्त पात्रको सिर्जना ली ले नै गर्नुभएको हो । सन् १९३९ देखि काम थालेका ली हरेक मार्भेल फिल्मस्मा आबद्ध रहँदै आउनुभएको थियो । ली को जन्म सन् १९२२ मा रोमानियाबाट अमेरिका बसाईँ सरेका यहुदी परिवारमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू