अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

 क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलो इतिहासकै घातक, ४४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ८:०७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलो ईतिहाँसमा अहिलेसम्मकै घातक बनेको छ । डढेलोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा फेला परेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो । यो समेत डढेलोमा परि ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

यसअघि सन् १९३३ मा लस एन्जलसको एउटा पार्कमा आगलागी हुँदा ३३ जना मारिएका थिए । यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट डढेलो फैलिएको छ । डढेंलोबाट अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रशासनले जनाएको छ ।

क्षति बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियालाई मुख्य प्रकोपग्रस्त क्षेत्र घोषणा गर्नुभएको छ । यसले आपत्कालिन सहयोग जुटाउन थप मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया