अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने : मन्त्री पण्डित

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ५:१५ मा प्रकाशित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश आएपछि खटाएको ठाँउमा नजाने कर्मचारीलाई कारवाही गरिने बताउनु भएको छ । मंगलबार विराटनगरमा संचारकर्मीहरुसंग मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदमा छलफल भई लोकसेवा आयोगमा परामर्शका लागि पठाइएको जानकारी दिनुभयो ।

उहाँले पुष मसान्त भित्र कर्मचारीको समायोजन गर्ने तयारी सरकारले गरेको बताउनु भयो । उहाँले अहिले कर्मचारीहरुलाई कामकाजका रुपमा मात्र खटाइएकोले बढी सरुवा भएको देखिएको र अध्यादेश पछि कर्मचारीलाई स्थायी रुपमा खटाइने स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले वर्षा र चाडपर्व सकिएकोले अब सरकारले गति लिने र विकास निर्माण तथा सुशासनको अनुभूति जनताले पाउने जानकारी दिनुभयो ।

मन्त्री पण्डितले आफुले सरकारले दिएको सुविधा बाहेक कुनै थप सुविधा नलिएको स्पष्ट पार्दै पत्रकारहरुले यथार्थ र तथ्यपरक आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू