अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

पारस खड्का आइसीसीको ४१औं बरियतामा

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ४:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पर्न सफल भएका छन् । उनी ब्याटिङ र अलराउन्डर विधाको बरियतामा परेका हुन् ।

पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका छन् भने ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् । उनले विश्वचर्चित खेलाडीहरु इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम आदिलाई समेत पछि पारेका छन् ।

यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि–ट्वान्टी क्रिकेटको बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा पर्न सफल भएका छन् । बलिङतर्फ बसन्त रेग्मी ७५ औं स्थानमा छन् ।

प्रतिक्रिया