अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा १७ करोडको कारोबार

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ४:३४ मा प्रकाशित

निरन्तर दुई दिन दोहोरो अकंले घटेको सेयर बजार कारोबारको तेस्रो दिनमा भने दोहोरो अंकले नै वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचक १३ दशमलव ९७ अंकले बढेर १,२०७.३१ विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार कारोबार भएका कुल १५० कम्पनीको ६,५५,५९७ कित्ता शेयर खरिद बिक्री हुँदा १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । अघिल्लो दिनको भन्दा करिब डबलले नै कारोबार रुकमा आज वृद्धि भएको छ । सोमबार कुल सेयर कारोबार रकम ९ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

मंगलबार सबै भन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको आज १ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।
यस्तै सबै भन्दा बढी कमाउनेमा उन्नती माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ८.५७ प्रतिशतले घटेको छ ।

यसैगरि मंगलबार फाइनान्स समुह बाहेक सबै समुहको परिसुचक उकालो लागेको छ । सो दिन फाईनान्स समुहको परिसुचक ०.२५ अंकले घटेको छ ।

मंगलबार सबै भन्दा बढि जिवन बीमा समुहको परिसुचक ७७.०९ अंकले वृद्धि भएको छ । परिसुचक वृद्धि हुनेमा क्रमश निर्जीवन बीमा समुह ७५.१४ अंक, होटल समुह ३६.५७ अंक, बैंकिङ्ग समुह १४.६९ अंक, बिकास बैंक समुह १२.५९ अंक, माईक्रोफाईनान्स समुह १०.५८ अंक, अन्य समुह ६.५६ अंक र जल विद्युत समुहको परिसुचक ०.२८ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू