अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

लिव इन रिलेशनशिप

निशा अर्याल २०७५ कार्तिक २६ गते २२:०७ मा प्रकाशित

Live in relationship विवादास्पद तर Modern life का निम्ति एउटा अनौठो साइनो हो । यसमा विवाहको पुरानो मान्यतालाई पाखा ल्याइएको हुन्छ । जोडासंगसंगै बस्छन् । ठिक त्यस्तै गरेर बस्छन् जसरी पति पत्नी । एक अर्काको जिम्मेवारीलाई निभाउँछन् पनि । तर यसमा फर्क हुन्छ । कुनै नैतिक दबाब हुँदैन । चाहेमा जहिल्यै पनि छुट्टिन सक्छन् उनीहरू । सदियौं देखि चली आएको मान्यता र सामाजिक Viewलाई छुट्ट्याउने हो भने केही गलती छैन यसमा । उमेर पुगेका दुईले आफ्ना विषयमा के ठिक के बेठिक निर्णय गर्न सक्छन् यदि उनीहरूको मानसिक स्थिति ठिक छ भने । अनि कोसँग कसरी आफ्नो जिन्दगी व्यतीत गर्ने फैसला गर्न सक्छन् । यस साइनोलाई कुनै नाउँ दिनु होस वा न दिनु होस । यस्तो साइनो गाँस्दा ” मानिसले के भन्लान् ” भन्ने कुरालाई छिचोलेर अघि बढेर गर्नु हुन्छ भने यसमा कुनै पनि स्तरको गल्ती देख्दिन म त ।

लिव इन रिलेशनशिपलाई लिएर भारतको सर्वोच्च अदालतले एउटा अहम फैसला गरेको छ । शीर्ष अदालतले भनेको छ कि समाजमा यो स्वीकार्य गरिने नर्म हो, यस कारण यसलाई अपराध भन्न सकिन्न ।

जस्टिस दीपक मिश्रा र प्रफुल्ल सी पन्तको बेंचले टिप्पणी गरेको टिप्पणी सरकारलाई सोधेर गरेको छ कि लिव इन रिलेशनशिपको तथ्याङ्क खुलासा गर्नु के मानहानि होला ? अदालतले टिप्पणीमा भनेको छ कि वर्तमान समयमा लिव इन रिलेशनशिप एउटा स्वीकार्य नर्म बनी सक्यो र अब यसलाई अपराध भन्न मिल्दैन ।

अदालतले सोधे पछि एटर्नीजनरल मुकुल रोहतगीले जवाफ दिए कि जनतालाई ‘ पब्लिक फिगर्सको निजी जिन्दगीमा दखल दिन हुँदैन किन भने यसले कुनै पनि प्रकारले सार्वजनिक हितमा प्रभाव पार्दैन ।

आपराधिक मानहानिलाई रद्द गर्दै मागलाई लिएर याचिकाकर्ता विरोध गर्दै एटर्नीजनरलले भने कि कानुनसँग यस्तो गर्नु समाजमा अराजकता फैलाउनु हुनेछ ।”

लिव इन रिलेशनशिप आजको समयमा बडो तीव्र गतिबाट बढिरहेको छ । एक यस्तो समय थियो जब यस्तो सम्बन्धमा मानिस खुलेर कुरा गर्न मन पाउँदैन थिए । तर आज मानिस खुलेर लिव इनरिलेशनशिपमा रहन्छन् र यस कुरालाई जगज़ाहिर पनि गर्छन् । लिव इन रिलेशनशिपका केही फायदा छन् भने केही नोक्सान पनि । यानि सिक्काका नकारात्मक र सकारात्मक कथा हुन्छन् । यस साइनोमा पनि केही यस्तो नै छ । हेरौँ र विचारौ,

लिव इन रिलेशनशिपका फायदाहहरू :-
लिव इन रिलेशनमा रहने जोडीहरूमा, धोखा, वेवफाइ र व्यभिचारको आशंका कम रहन्छ ,
यस साइनोमा बस्दाबस्दै विवाहको बन्धनमा पनि बाँधिन सकिन्छ,
दुवै पार्टनरले आफ्ना जिम्मेवारीहरू बिना कुनै दबाबबाट निभाउँछन्
यस सम्बन्धमा समाज र कानुन दुवै नियन्त्रणमा रहन्छ
यो साइनो बढी गह्रुंगो पनि हुँदैन । यस्तोमा दुवै पार्टनर पुरै तवरबाट निजी रूपमा स्वतन्त्र हुन्छन्

लिवइन रिलेशनशिपका नोक्सानहरू
बचनमा न बाधिंदा स्वतन्त्र हुन्छन् तर लाइफमा पुरा इन्ज्वाय गर्न पाउँदैनन् किन भने अविश्वासको भावना पाउने डर हुन्छ ।
दुवै मध्ये कुनै एउटाको बहकने डर बढी हुन्छ साथै कमिटमेन्ट तोड्ने डर पनि हुन्छ
कहीँ तपाईँको पार्टनरले तपाईँलाई छाड्ने त हैन यस प्रकारको डर मनमा हमेसा भई रहन्छ , यसबाट तनावको स्थिति उत्पन्न हुन्छ
एक अर्काको वर्क स्टाइल या कल्चरलाई न बुझ्नाले पनि दिक्कतहरू आई लाग्दछन्
लिव इन रिलेशनशिपमा तपाईँले परिवारको खुसीको मजा लिन पाउनु हुन्न
तपाईँ सुरुमा प्रेम र भावनात्मक रूपबाट जोहिनु हुन्छ तर विस्तार विस्तार कमी आउन लाग्यो विश्वास झिर्न भयो भने यसबाट बोरियत सुरु हुन्छ

मानिसको सोच बदलिरहेको छ ।साइनोलाई लिएर र निर्वाह गर्ने परम्परागत तरीक़ाहरूलाई लिएर पनि । हिजो सम्म जुन निषेध थियो आज त्यो स्वतन्त्र छ । स्वतन्त्र बिचारसँगै जिन्दगीको फैसला स्वयं गर्ने हक पनि । बिहे पनि त यस्तै एउटा परम्परा हो । लिव -इन विषयमा साना ठुला सहरमा बस्ने युवाहरूको सोचमा परिवर्तन आइ रहेको छ । अब सँगै बस्न सामाजिक स्वीकृति र सहमतिलाई निरन्तर चुनौती दिन थालिसकेका छन् । अब युवाहरू सँगसँगै बस्ने फैसला गर्छन् आफ्नै मर्जीबाट । र , यस साइनोमा प्रत्येक बन्धनबाट मुक्त छन् ।

कतिपय युवाहरूको धारणा छ कि कसैसँग बस्नु उसको निजी फैसला हो । र, यसका लागि उसले समाजलाई देखावटी कुरा देखाउनु छैन । उनीहरूको नजरमा लिव- इनमा बस्नु बिहे गरेर बस्नुमा कुनै मुभूत अन्तर छैन । यो एउटा अंतर्मनबाट अर्कोसँग बस्ने फैसला हो । यसलाई दुनियाँका सामु देखावटी गर्नु किन ?

लिव इन रिलेशनशीपको नाउ आउने बित्तिकै युवा युवती द्वारासंगसंगै बस्ने विचारको कुरा आउँ छ । कानुनी प्रक्रिया पुर्‍याएर सँगसँगै बस्न लाग्छन् बिहे नै नगरेरै पनि । यसलाई मानिस सामाजिक र कानुनीरूपबाट अवैध हो भन्छन् ।तर म लिव इन रिलेशनशीपको नौलो कुरा भन्न गई रहेकी छु । एउटा नवीन अवधारणा विकसित भई रहेको छ । कुनै पाको मानिस या महिलासंगसंगै बस्न लाग्छन् उमेरले अन्तिम पडावमा । आफ्नो जीवन साथीबाट छुट्टिएमा आफ्नो एकाकी पन हटाउन कुनै पाका महिला पुरुषसँग बाकी जीवन बिताउने निश्चय गर्छन् । एकाकी न रमते । एक्लो जीवन रमाइलो हुँदैन । यस कारण आफ्ना दुख दर्दलाई आपसमा बाँडेर आफ्नो शेष जीवनलाई सहज बनाउने प्रयास गर्छन् । अव लिव इन इन रिलेशनशिपको यस्तो अवधारणाको जन्म भइसकेको छ । पाकाहरू पनि आफ्नो शेष जीवनलाई सरल बनाउने प्रयासमा लागेका छन् ।

यो सम्भव छैन कि पति पत्नी एकै समयमा यस संसारबाट बिदा होउन् । कहिले काहीँ दुर्धटनाबश युवावस्थामा पनि जीवन साथीसँग बिछोड हुन सक्छ । यस अवस्थामा चाँडो ढिलो बिहे गर्ने सम्भावना बनी रहन्छ यो व्यक्ति विशेषमा निर्भर हुने कुरा हो । यसले समाजबाट स्वीकृति पनि पाउँछ । परिवारबाट पनि स्वागत हुन्छ । तर पाका या त्यस पछि जीवन साथीको बिछोडको आपूर्ति विवाह द्वारा गरिने कुरा सोच्नु पनि वर्जित छ । परिजनले उनीहरूको दोस्रो बिहेलाई नराम्रो दृष्टिले हेर्छन् । उनीहरू पाकाहरूको कामेच्छाको विकृत रूप मानेर ब्यंग गर्छन् । यस प्रकार एकल रूपमा रहेका पाकाहरूको शेष जीवन कष्टकर हुन जान्छ । परिवारका सबै उनीहरू भन्दा साना हुन्छन् । उनीहरूसँग विचारको आदान प्रदानमा संकोच हुन्छ । अतः: खुलेर विचारहरूलाई साझा गर्न पाउदैनन ।

उनीहरूको जीवनशैली आचार विचार पाकाहरू भन्दा भिन्न हुन्छ । आफ्नै परिवारमा पनि पाकाहरू अपमानित जस्ता हुन जान्छन् । कहिले काहीँ त पाकाहरूसँग आफ्नै घरका मानिसहरू पनि कुरा कानी गर्न रूचाउदैनन । उनीहरूको दुख दर्दलाई उपेक्षा गरिन्छ । यस प्रकार उसको एकाकीपनले उसलाई खाई रहेको हुन्छ । उसका लागि आफ्नो जीवन उद्देश्यहीन र व्यर्थ लाग्न थाल्छ । एक प्रकारबाट उ आफ्नै समाजबाट बहिष्कृत भएको जस्तो हुन्छ । उसलाई आफ्नो पिछडिएको साथीको सम्झना आउन लाग्छ । कुनै पनि कार्यमा कुनै पनि शौकमा उ आफूलाई व्यस्त राख्न सफल हुँदैन । परिणाम स्वरूप मानसिक रूपबाट टूट्टन लाग्छ । अवसाद ग्रस्त हुन्छ । कहिले काहीँ आत्महत्या गर्ने सम्म सोच्न थाल्छ । तर चाहँदैमा मृत्यु त आउँदैन । उसको परिपक्वताले उद्वेलित गर्न लाग्छ । हाम्रो देशमा कुनै पनि अवस्थामा इच्छा मरणको अनुमति छैन ।चाहे कुनै व्यक्ति लामो समय देखि गम्भीर रोगबाट पीडित किन नहोस् । के पाकाहरूलाई सम्मानपूर्वक र शान्तिपूर्वक बाँच्ने अधिकार छैन ? अहिले सम्म उपरोक्त स्थितिमा पुग्नु पाकाहरू निम्ति विकल्प के छ बद्धाश्रमम ?

यसलाई सामाजिक निष्कासनको रूपबाट हेरिन्छ । सन्तानको प्रतिष्ठालाई चुनौतीहरूको सामना गर्न लिव इन रिलेशनशिपका नयाँ अवधारणाको जन्म भएको हो । अतः: उपरोक्त परिस्थितिमा एकाकी पाका विपरीत लिङ्गी पाकासँग बस्न लाग्छ । ताकि दुवैले एक अर्काको सुखदुख बाँडेर जीवन बिताउन । यद्यपि यस्ता जोडीको विवाहको रूपमा मान्यता पाउन सम्भव हुन्न । जब कि सामाजिक रूपबाट स्वीकारोक्ति पनि सामुन्ने आउँछ । परिवारले त्यस्तो बिहेलाई स्वीकार गर्दैन । किनभने विवाह भए पछि सन्तानलाई आफ्नो सम्पत्तिमा उसको स्वागत हुन्न । सबै परिजनहरू पाकाहरू प्रति आफ्नो जिम्मेवारी कम गरिरहेका प्रतीत हुन्छ । उनीहरू पाकाहरूको औषधिमूलक, सेवासूश्रूषा जिम्मेवारीबाट राहतको अनुभव गर्छन् । साथै घरका पाका सन्तुष्ट देखिन्छन् र सबै परिजनलाई सन्तोष हुन्छ । र , पाकालाई आफ्नो समय बिताउन आफ्ना भावनाहरू व्यक्त गर्न आफ्ना दुखमा हात बटाउन निम्ति एउटी वा एउटा निजी मित्र पाउँछ । र जीवनलाई नयाँ आयाम दिन्छ ।