अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५
| Colorodo: 18:30
काठमाडौं– सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन ।
यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।
नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै पार्किङ गरी राखिएका छन् ।