अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

सुन्ने सुनाउने नवौं भाग सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते १२:३६ मा प्रकाशित

आज प्रतिकुल मौषमका बाबजुद पनि नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानले आफ्नो सुन्ने र सुनाउने अभियानको नवौ भाग सम्पन्न गरेको छ । कवी तथा समाजसेवी कपिल देब सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा पुष्प गुच्छा अर्पण गरेर श्रदासुमन ब्यक्त गरिएको थियो ।

दुई सत्रमा सञ्चालित उक्त कार्यक्रमको पहिलो सत्रमा कार्यक्रमलाई अझ बढि आकर्षक र गुणस्तरीय बनाउन आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा गोल मेच अन्तर्क्रिया गरिएको थियो । छलफलको क्रममा प्राप्त सुझावलाई अभिलेखमा राखि आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रमको दोश्राे सत्र अर्थात सुन्ने सुनाउने सत्रको सन्चालन धन पाैड्यालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बिशेष गरि महाकवि लक्ष्मी प्रसाद देवकोटा प्रति समर्पण भएका तथा दशै तिहारको भावना जोडीएका कविताहरु वाचन गरिएको थियो । गायकहरु बसन्त लम्साल, बि के श्रेष्ठ र महेन्द्र सुबेदीको सुमधुर स्वरमा गीतहरु प्रस्तुत हुनुको साथै ज्ञानेन्द्र काफ्ले, भूपेन्द्र महत, सेनु प्रसाद तिवारी, सरोज भुसाल, लाल प्रसाद चौलागाँई, धन पौड्याल, सीता सापकोटा तिवारी, टिका पौड्याल, आकृती पौड्याल, आरती पौड्याल जस्ता कवि तथा कवयत्रीले आफ्नो रचना बाँचन गरेका थिए । 

प्रतिकुल मौषम तथा काम बिशेष आफ्नो उपस्थिती जनाउन नसकेका थुप्रै साहित्यिक मनहरुले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । 

प्रतिक्रिया