अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

१६ औं हस्तकला व्यापार मेला बुद्यबार देखि

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ९:१२ मा प्रकाशित

नेपाल हस्तकला महासंघको आयोजनामा यही बुद्यबार देखि आइतबार सम्म काठमाडौंको भृकुटीमण्डपमा १६ औँ हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।

वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड लगायतका संघसंस्थाहरुको सहयोगमा हस्तकला व्यवसायको विकास तथा प्रवद्र्धनका लागि मेला आयोजना गरिएकोे महासंघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । मेला संचालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । मेलामा धातुजन्य सामान, चाँदीका गरगहना, पश्मिना, सूती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, ऊनी लगायतका सामाग्रीको प्याभिलियन सहित २ सय भन्दा बढी स्टल रहने छन ।

त्यस्तै अन्तर्राष्ट्रिय सहभागीका रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भुटान आदि मुलुकबाट उद्यमी व्यवसायीको सहभागिता रहने जनाएको छ । यसका साथै ‘बि टु बि’ बैठक पनि हुने छ । महासंघले हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि विसं २०४८ देखि यस्तो मेला आयोजना गर्न सुरु गरेको हो । यस्ता मेला महोत्सवले हस्तकला सामाग्रीको प्रवद्र्धनका साथै निर्यात बृद्धिमा ठुलो मदत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया