अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

क्यालिफोर्नियाको डढेलोमा परेर मृत्यु हुनेको संख्या ३१ पुग्यो

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ६:५८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या ३१ पुगेको छ । डढेंलोमा परी २ सय जना भन्दा बढी हराइरहेका छन् । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण २ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

डढेंलोका कारण ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त भएका छन् । हावा चलेकाले डढेलो थप क्षेत्रमा फैलिएपछि राज्यका गर्भनर जेरी ब्राउनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई विशेष विपत घोषणा गर्न आग्रह गर्नुभएको छ । हिजो मात्र राष्ट्रपति ट्रम्पले कमजोर वन व्यवस्थापनका कारण डढेलो लागेको भन्दै संघीय सहयोग कटौति गर्ने चेतावनी दिनुभएको थियो ।

डढेंलो प्रभावित साक्रामेन्टोको उत्तरी क्षेत्रका ९३ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान सुचित गरिएको छ । आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् । ४४ हजार हेक्टर क्षेत्र डढेलोको चपेटामा परेको बताइएको छ ।

प्रतिक्रिया