अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

कोलम्बो प्रोसेसको उच्चस्तरीय बैठक कात्तिक २९ र ३० गते काठमाण्डुमा बस्दै

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ६:५३ मा प्रकाशित

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मन्चको रुपमा रहेको कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय र मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा बस्ने तय भएको छ । कात्तिक २९ र ३० गते बस्ने बैठकमा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श हुनुका साथै वैदेशिक कामदारको हक अधिकारको प्रर्वद्धन, सेवा र सुविधा संरक्षणको अतिरिक्त नयाँ गन्तब्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी लगायतका विषयमा विचार विमर्श हुने मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिनुभयो ।

सदस्य राष्ट्रले अबलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा पनि छलफल हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । कात्तिक २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकको श्रममन्त्री गोकर्ण विष्टले अध्यक्षता गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू