अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३
| Colorodo: 04:48
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अब पनि पार्टीको महासमिति बैठक सर्ने हो भने सिंगो पार्टी नै खतरामा पर्ने जिकिर गरेका छन् ।
कांग्रेस महासमिति बैठक फेरि एक पटक सरेर मंसिर २८ गते गर्ने भनिएको छ । त्यो मिति पनि सर्यो भने सिंगो पार्टीलाई नै कमजोर बनाउने कोइरालाको भनाइ छ ।
उनले विधानमै महासमिति बैठक गर्नु जरुरी रहेकाले निरन्तर सर्दै जाने हो भने त्यसले घाटामात्र हुनेछ भने । महासमिति बैठक एक वर्ष सारियो भने सभापति त रहँदैन नै काँग्रेससमेत नरहने खतरा भएको उनको भनाइ छ ।
डा कोइरालाले विधानलाई राम्रो बनाउनेबारे अहिलेसम्म राम्ररी बहस नै हुन नसकेको भन्दै संस्थापन र गुटउपगुट अनावश्यक तरिकाले अगाडि बढेको बताएका छन् । उनले संस्थापन पक्ष पदाधिकारी नबढाउने र इतर पक्ष बढाउनु पर्छ भनेर सुरक्षित हुन खोजेको मात्र बताए ।