अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

मोदीले प्रबुद्ध समुह (ईपीजी)लाई आधा घण्टा पनि समय नदिएपछि

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते १८:५४ मा प्रकाशित

काठमाडौं — नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएका चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो ।

भारतर्फको समय मिलाउने जिम्मेवारी भारतीय पक्षको इपीजी टोलीको थियो । उनीहरुले प्रधानमन्त्री मोदीको समय नै पाउन नसकेको बताउने गरेका छन् ।

भारतीय पक्षका संयोजक भगतसिंह कोशियारी केही समययता नेपाली पक्षको सम्पर्कमै आउन छाडेका छन् ।

संयोजकसमेत सम्पर्कमा नआएपछि कुटनीतिक पहलमार्फत बुझाउने तयारी नेपाली पक्षले गरेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू