अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ९:४३ मा प्रकाशित

अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकामा अक्टोबर १३ मा केसी डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर ममहरूले सङ्कलन गरेको ७ सय ११ अमेरिकन डलर, महेन्द्र कुँवरबाट ५०० डलर र समाजसेवी श्याम बजिमायाबाट १०१ डलर गरी जम्मा भएको एक लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गर्नु भएको हो । 

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दसैँमा अमेरिका गएको बेला त्यहाँ गरिएको संस्कृति कार्यक्रमबाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापक द्वय नवीन केसी तथा लुना श्रेष्ठ मार्फत आफूलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्तिबाट पनि केही रकम सहयोग भएको हुँदा यस गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो । कार्यक्रममा खनालले चेपाङ बालबालिकालाई पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै शिक्षा भन्दा ठुलो केही नहुने भन्दै यस केन्द्रले यसरी चेपाङ बालबालिकालाई शिक्षा दिएकोमा अध्यक्ष केपी किरण शर्मालाई धेरै धेरै धन्यवाद दिँदै फेरी फेरी सहयोग गर्ने समेत बताउनु भयो । 

गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँ सम्म आएको भन्दै सहयोग गर्ने सबै हातलाई धेरै धेरै धन्यवाद दिनु भयो । अहिले १३२ जना चेपाङ बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्रबाट करिब ४०० भन्दा बढी चेपाङ बालबालिकालाई शिक्षा दिएको बताउनु भयो । 

कार्यक्रममा स्कुल हेडमास्टर राम बहादुर थापा मगर, समाजसेवी हरि केसी, पत्रकार रवि रोजी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चेपाङ बालबालिकाले उपस्थिति सबैलाई आफ्नो समुदायको निकै मार्मिक गीत सुनाएका थिए । 

प्रतिक्रिया