अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

कंगोमा इबोला भाइरसको प्रकोप फैलियो, २०० भन्दा बढीको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ८:१२ मा प्रकाशित

अफ्रिकी मुलुक कंगोमा पछिल्लो पटक फैलिएको ईवोला भाइरसको प्रकोपका कारण २०० भन्दा धेरै मानिसको मृत्यु भएको छ । कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेका छन् । ८ लाख जनसंख्या रहेको उक्त शहरमा अहिलेसम्म २५ हजार मानिसलाई मात्रै इबोलाविरुद्धको भ्याक्सिन लगाइएको छ ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुंगाले सशस्त्र विद्रोही समूहहरुले मेडिकल टिमलाई अवरोध गरिरहेको कारण भ्याक्सिन लगाउने काममा ढिलाइ भएको बताउनुभएको छ । गत सेप्टेम्बरमा एक सशस्त्र समूहले आक्रमण गरेपछि बेनीमा भ्याक्सिन लगाउने कार्य स्थगित गरिएको थियो । कंगो वर्षौंदेखि गृहयुद्ध र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ ।

गत जुलाइबाट देखिएको इबोला भाइरसको पछिल्लो संक्रमण सन् १९७६ मा पहिलोपटक देखापरेपछि फेरी दशौं पटक देखिएको जनाइएको छ । पछिल्लो अपडेट अनुसार २९१ जनामा इबोलाको संक्रमण भेटीएको र २०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शान्ति स्थापनार्थ कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनले इबोला रोगको संक्रमण फैलन नदिन जुधिरहेका स्वास्थ्यकर्मीहरुलाई बाधा नपु¥याउन विद्रोही समूहहरुलाई आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्री इलुंगाले मेडिकल टिमले ‘धम्की, दुव्र्यवहार तथा उपकरणहरु नष्ट गरिने र अपहरण’सम्मको समस्या भोगिरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एदानमले कंगोमा देखापरेको वर्तमान महामारीसँग लड्नको लािग सुरक्षाको कमीले ठूलो चुनौती थपिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू