अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

क्यालिफोर्निया डढेलो – २५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ८:१० मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर हालसम्म कम्तीमा २५ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोका कारण ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।
साक्रामेन्टोको उत्तरी क्षेत्रका ९३ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।

लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको डढेलोले प्रमुख राजमार्गसम्म छोएको छ । आगलागीका कारण मालबुसहितका तटीय क्षेत्रमा जोखिम बढेको छ । आगलागीका कारण कालाबासास तथा मालबु सहितका क्षेत्र बढी प्रभावित भएका छन् ।

यो डढेलोलाई ईतिहाँसकै एक भयानक बिनाशकारी डढेलो मानिएको छ ।

प्रतिक्रिया