अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

कमिशनको चक्करमा सरकारले बुढीगण्डकी आयोजना असफल चिनियाँ कम्पनीलाई दियो – कांग्रेस नेता श्रेष्ठ

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ८:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकारले हतार–हतार गरेर कमिशनको चक्करमा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिएको आरोप लगाउनुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले यो परियोजना जनताकै सहभागितामा बनाउनुपर्छ भनेर आफुहरुले भन्दै आएपनि एकाएक सरकारले असफल कम्पनी गेजुवालाई बनाउन दिने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभयो ।

सरकार कमिशनको खेलमा लाग्दा अब बुढीगण्डकी नबन्ने हो कि भनेर शंका उत्पन्न भएको उहाको भनाई छ । जनतालाई राष्ट्रिय गौरवको आयोजनमा सहभागि हुनबाट बञ्चित गर्नुले यो सरकार अराष्ट्रिय रहेको प्रष्ट भएको श्रेष्ठले ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू