अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२
| Colorodo: 21:17
राष्ट्रिय जनता पार्टी, नेपालले छठ लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव मनिष सुमनले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको हो । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सुमनले संविधान संशोधन नगरेको, संघीयता कार्यान्वयन र सुशासनतर्फ ध्यान नदिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन लागिएको पनि स्पष्ट पार्नुभयो ।
छठ लगत्तै बस्ने पार्टी केन्द्रीय कार्य समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने महासचिव सुमनको दावी छ । सो अवसरमा महासचिव सुमनले भारत, चीन, अमेरिकाको भ्रमण गर्दैमा मुलुकलाई अघि बढाउन नसकिने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गर्नुभएको थियो ।