अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

राप्रपा पार्टीहरुवीचको एकता तत्कालका लागि भाँडियो

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ८:०२ मा प्रकाशित

राप्रपा पार्टीहरुवीचको एकता तत्कालका लागि भाँडिएको छ । श्रोतका अनुसार ३ वटा पार्टीहरुवीचको एकता प्रक्रिया तत्कालका लागि भाँडिएको हो । एकता प्रयोजनका लागि आइतबार विहानसम्म अन्तिम गृहकार्यमा जुटेको बताएका राप्रपाका नेताहरुले आइतबार मध्यान्ह राप्रपा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाबीच भएको गोप्य छलफलपछि एकता भाँडिएको बताएका छन् ।

प्राप्त समाचारमा जनाईअनुसार आइतबार दिउँसो कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बसिरहँदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापालाई फोन गर्नुभएको थियो । राणाको फोन आएपछि थापा केन्द्रीय समिति बैठक छाडेर राजधानीकै एक होटलमा राणालाई भेट्न जानुभएको थियो ।

त्यहाँ दुवै अध्यक्षबीच एकताबारे कुराकानी भएको र कराकानीको क्रममा अध्यक्ष थापाले एकतापछि पार्टीको चुनाव चिन्ह गाई राख्नुपर्ने प्रस्ताव गर्दा राणाले थापाको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको वुझिएको छ । राणाले चुनाव चिन्ह हलो नै राख्नुपर्ने र त्यसो नभए एकता हुन नसक्ने बताउनुभएको श्रोतले जनाएको छ । दुवै अध्यक्षबीच चुनाव चिन्हका बारेमा झण्डै एक घण्टा कुरा हुँदा पनि सहमति जुट्न नसकेपछि एकता प्रक्रिया नै बिथोलिएको हो ।

स्रोतका अनुसार चुनाव चिन्हका बारेमा दुवैले अडान नछाडेपछि एकता नै नगर्ने भन्दै राणा र थापा दुवै छलफलबाटै बाहिरिनुभएको थियो । राणासँग कुरा नमिलेपछि थापा पुनः पार्टी कार्यलय पुगेर अब तत्कालका लागि पार्टी एकता नहुने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू