अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

सेयर बजार १७.३१ अंकले घट्यो

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ७:२८ मा प्रकाशित

काठमाडौं। तिहारको बिदा सकिएपछि  खुलेको पहिलो दिन आज सेयर बजार घटेको छ । बजार १७.३१ अंकले घटेर परिसूचक १२०५.२२ विन्दूमा पुगेको छ ।

९६ कम्पनीको ९ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज फाइनान्स र अन्य समूह बाहेक सबै समूह घटेको छ । वित्तीय समूह १.२५ र अन्य समूह ०.७३ अंकले बढेको छ। तर बैंकिङ समूह २५.०८, होटल समूह ३.५८, विकास बैंक ६.०५, जलविद्युत १३.२२, निर्जीवन बीमा समूह ४३.०७, लघुवित्त समूह ३.०८ र जीवन बीमा समूह २९.११ अंकले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एपी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू