अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

वामदेवसँग ओली सशंकित, सचिवालय बैठकमा प्रतिवाद गर्ने

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते १९:०१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले अब राष्ट्रीय सहमतिको सरकार गठनको लागि आफूले पहल गर्ने भनेर दिएको अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा भएको छ । रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा नेता गौतमले सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका थिए ।

नेता गौतमको खरो अभिव्यक्ति आएसँग नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सशंकित बनेका छन् । उनले यस विषयमा पार्टीभित्र सशक्त प्रतिवाद गर्ने तयारी गरेका छन् ।

वामदेवले सरकारलाई कमजोर तुल्याउनेगरि विवादस्पद अभिव्यक्ति दिएको ओलीको ठहर छ । वामदेवले ओलीलाई चुनावको बेला जारी गरेको संयुक्त घोषणापत्र पनि दोहोर्याएर पढ्न आग्रह गरेका थिए । उनले सरकारको काम गराईप्रति पनि असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू