अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

भालुको बच्चा पहाड चढ्दै गरेको भिडियो सामाजिक संजालमा वन्यो भाईरल (भिडियो सहित)

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:५९ मा प्रकाशित

सामाजिक सञ्जालमा पछिल्लो दिनमा भालुको बच्चा हिउँ परेको पहाड चढ्दै गरेको भिडियो भाइरल बनेको छ । भालुको बच्चा अनेक असफलताका बीच पनि पहाडमा उक्लिन कोसिस गरिरहेको प्रस्तुत भिडियोमा देख्न सकिन्छ । यो भिडियोलाइ समाजिक सञ्जालमा ’इंस्पिरेशन’ अर्थात प्रेरणाको ट्याग दिँदै पोष्ट गरिएको छ । भिडियोमा एक भालुको बच्चा जसरी पनि आफ्नी आमालाइ भेट्टाउने प्रयत्नमा रहेको हुन्छ । उसकी आमा पहाडको चुचुरोमा पुगे पनि बच्चा पटक पटक उचाइबाट तल झरिरहेको हुन्छ , तर उसले आफ्नो प्रयत्न छोड्दैन ।

एक पटक त भालु निकै तलसम्म खस्छ । भिडियो हेर्दा लाग्छ अब उसको कुनै उपाय छैन तर पत्थरमा अड्केपछि पुनः उसले आफ्नी आमालाई भेट्टाउन पहाडमा उक्लिन्छ । र यो पटक उक्त भालुको बच्चा सफल समेत हुन्छ । यो भाइरल भिडियोको कतिपयले आलोचना समेत गरेका छन् । जीव विज्ञान र प्राकृतिक शोधसँग चासो राख्नेहरुले यसको आलोचना गरेका हुन् ।

भिडियो

यो भिडियो रुसी फोटोग्राफर दिमित्रि केद्रोवले ड्रोनबाट खिचेको जनाईएको छ । भिडियोलाई गम्भिरतासाथ हेर्ने हो भने कुनै बेला ड्रोनको आवाजले भालुले असहज महसुस गरेको हुन्छ भने आक्रमण समेत गर्न खोजेको देखिन्छ । नेशनल जोग्राफीले यो अत्यन्त कठिन परिस्थिति भएको बताएको छ । नेशनल जोग्राफीले ड्रोनका कारण भालुको लागि खतरनाक स्थिति आएको बताएको छ । ड्रोनकै कारण भालुले चुचुरोमा पुग्न कठिन बाटो रोजेको हुन सक्ने उनीहरुको भनाई छ । सहज परिस्थितिमा भालुले आफ्नो बच्चाको साथ कठिन बाटो नरोज्ने जीव विज्ञहरुले बताएका छन् ।

तर दिमिग्रा केद्रोवले आफ्नो भिडियोको बचाउ गरेका छन् । रुसी वेबसाइट लेंता. आरयूसँग कुरा गर्दै उनले ड्रोनले जनावरलाई असर नगरेको प्रष्ट पारेका छन् । भिडियोमा जुमको इफेक्ट देखिएको केद्रोवल को भनाई छ । ड्रोनको आवाज सुन्नु भन्दा पहिले नै भालुको बच्चा हिउँमा कयौं पटक लडेको उनको भनाई रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू